आइतबार, कार्तिक ९ गते २०८३

सिभिल सहकारीका बचतकर्तालाई बचत फिर्ताको माग गर्न समितिले थप्यो १५ दिनको समय


माघ २९, २०८१ मंगलबार
सिभिल  सहकारीका बचतकर्तालाई बचत फिर्ताको माग गर्न समितिले थप्यो १५ दिनको समय

 समस्याग्रस्त  घोषित  सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका बचतकर्ताहरुका लागि बचत फिर्ताको मागदावी गर्न समय थप गरिएको छ । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगर्त गठित समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले थप १५ दिन अनलाईनबाट बचत फिर्ताको मागदाबी आवेदन पेश गर्ने समय थप गरेको हो  ।

 व्यवस्थापन समितिले हिजो दोस्रो पटक सूचना प्रकाशन गरेर संस्थाका बचतकर्ता, संस्था वा संघका सदस्य तथा साहुहरुलाई आगामी १५ दिन भित्र मागदाबी पेश गर्न आह्वान गरेको हो । समितिले यसअघि जारी गरेको ३५ दिने सूचना अुनसार मागदाबी पेश गर्न छुट भएका बचतकर्ता, संघ वा संस्थाका सदस्य तथा साहुहरुलाई पुनः अनलाईन मागदाबी पेश गर्ने अवसर प्रदान गरेको  जनाएको छ ।

बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित उक्त संस्थाको सोही ऐनको दफा ८२ बमोजिम सम्पत्ति तथा दायित्वको जिम्मा समितिले लिएको छ ।  बागमती सरकारले उक्त संस्थालाई  पहिलो पटक समस्याग्रस्त घोषणा गरेको थियो । घर जग्गा व्यवसायी इच्छराज तामाङले संस्थाको बचत आफ्नो नीजि स्वार्थको लागि प्रयोग गरी सदस्यको १५ अर्ब  भन्दा बढी बचत दुरुपयोग गरेको हुन सक्ने समितिको ठहर छ । 

Online Claim Second Notice_Civil.jpg