मंगलबार, कार्तिक ११ गते २०८३

नवजागरण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न


माघ २७, २०८१ आइतबार
नवजागरण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न


मन्थली ।नवजागरण बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा गोष्ठीको आयोेजना गरेको छ । संस्थाले यस आर्थिक बर्षको पौष मसान्तसम्मको वित्तीय विवरण सहित सहकारी अभियानको समग्र अवस्थाको बारेमा छलफल गरी समिक्षा गोष्ठी सम्पन्न गरेको जनाएको छ ।

संस्थाका अध्यक्ष सोमेश थापाको अध्यक्षतामा भएको कार्यक्रमको  संचालन सचिव नारायण बहादुर कार्कीले गरेका थिए । सो अवसरमा  कोषाध्यक्ष भिमसेन थापाले स्वागत मन्तव्य राखेका थिए भने गोष्ठीमा सहकारी अध्यादेश २०८१ र राष्ट्र बैंकद्वारा हालै जारी बचत तथा ऋण सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्डका विषयमा  अध्यक्ष थापाले प्रस्तुतिकरण गरेका थिए । त्यसैगरी संस्थाको आर्थिक अवस्था तथा गतिविधिहरूको समिक्षा सहितको प्रस्तुतिकरण व्यवस्थापक रमेशकुमार उदाशले गरेका थिए ।

सहकारी संस्था अन्तर्गत काम, कर्तव्य र अधिकारको बारे सहायक व्यवस्थापक रामचन्द्र बुढाथोकी र सल्लाहकार जगन्नाथ दाहालद्वारा  संस्थालाई सुझाव तथा मार्गदर्शन दिएका थिए । कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, उपसमिति तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। अन्तरक्रिया कार्यक्रमले   संस्थालाई अझ प्रभावकारी, पारदर्शी, र सदस्यहरूमा उत्तरदायी बनाएर लैजान मार्गदर्शन गरको संस्थाले जनाएको छ । 

476613689_9028436683952551_6486064454947140409_n.jpg