पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक सक्षा गोेष्ठी सम्पन्न गरेको छ । संस्थाले आर्थिक वर्ष २०८१/०८२ को अर्ध वार्षिक समीक्षा गरेको हो । समिक्षा कार्यक्रम संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्ष्यतामा भएको थियो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले संस्थाले वार्षिक कार्य सम्पादनका लागि लिएको लक्ष्य, विभिन्न कार्यक्रमको खर्चको पूर्वानुमान तथा अर्धवार्षिक कार्यसम्पादन अन्तर्गत भएका कार्यक्रम तथा बजेटका सम्बन्धमा जानकारी गराएका थिए । सह व्यवस्थापक प्रविन न्यौपानेले पुस मसान्तसम्ममा संस्थामा कुल ११ हजार २८१ जना शेयर सदस्य पुगेको बताए । सो अबधिमा १ अर्ब २४ करोड बचत संकलन, १ अर्ब १० करोड ऋण लगानी तथा १५ करोड ७८ लाख शेयर पुँजी सहित १ अर्ब ६४ करोड बराबरको पुँजी परिचालन गरेको बताए । त्यस अवधिमा कुल नाफा २ करोड २४ लाख रहेको उनले जनाए । केन्द्रीय कार्यलयको तर्फबाट समग्र ऋणको सम्बन्धमा ऋण विभाग प्रमुख रामचन्द्र ढुङ्गानाले जानकारी गराएका थिए ।
कार्यक्रममा विभिन्न सेवाकेन्द्रका सेवाकेन्द्र प्रमुखहरुले सेवाकेन्द्रको शेयर सदस्यता, शेयर पुँजी, बचत तथा निक्षेपको अवस्था, ऋण लगानी, तरलता, समग्र आम्दानी तथा खर्चको अवस्था , भाका नाघेको ऋणको अवस्था तथा विभिन्न वित्तिय सुचकहरुको विषयका सम्बन्धमा हासिल गरेको उपलब्धि तथा चालु आर्थिक वर्षका लक्ष्य तथा अर्धवार्षिकी उपलब्धका सम्वन्धमा जानकारी गराए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष देवेन्द्र प्रसाद पोखरेल, सञ्चालक समिति सदस्य लक्ष्मीदेवी ढकाल र मनोरथ भट्टराईले सेवाकेन्द्रका प्रतिवेदन सम्वन्धमा आःआफ्ना धारणा राखेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले विषम परिस्थितिमा पनि सहकारीको अधिकांश वित्तिय सुचकको अवस्था सकारात्मक रहेको भन्दै गर्नुपर्ने काम अझ धेरै रहेको बताए ।
उनले संस्था केबल पैसा बेच्नका लागि मात्रै नभएर शेयर सदस्यहरुको सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरुको विकास संगै उत्पादन र उद्यमशिलता विकास गरी सभ्य समाज निर्माण गर्ने महान उद्देश्यका साथ अघि बढी रहेको सोहि अनुसार काम गरी अगाडी बढ्न उनको आग्रह छ। संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन अन्धकारमुक्ति साकोसका सचिव ओमप्रकाश बस्यालले गरेका थिए । समिक्षा गोष्ठीमा संस्थाका सञ्चालक समिति, विभिन्न उपसमितिका पदाधिकारी, सल्लाहाकार सहिच उच्च व्यवस्थापनका कर्मचारीको उपस्थिति रहेको थियो ।