आइतबार, आश्विन १८ गते २०८३

शुभकामना सहकारीले गर्यो अर्धवार्षिक समिक्षा, कारोवारमा शतप्रतिशत लक्ष्य प्राप्ति


माघ २७, २०८१ आइतबार
शुभकामना सहकारीले गर्यो अर्धवार्षिक समिक्षा, कारोवारमा शतप्रतिशत लक्ष्य प्राप्ति

शुभकामना बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक गोष्ठी सम्पन्न गरेको छ । संस्थाले  मुख्य कार्यालय सूर्यविनायकमा  संचालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकारहरु, विभिन्न उपसमितिका सदस्यहरु र कर्मचारीहरुको सहभागितामा अर्धवार्षिक गोष्ठी सम्पन्न  गरेको हो। संस्थाका उपाध्यक्ष निर्मला सुवालले उपस्थिति सबैलाई स्वागत  गर्दै  संस्थाको वार्षिक कार्यक्रम अन्तरगत  आर्थिक कारोबारलाई पारदर्शिता कायम राख्न समेत कार्यक्रमको आयोजना  गरेको बताइन् ।

कार्यक्रममा अध्यक्ष रामप्रसाद कासुला र प्रमुख सल्लाहकार बालमुकुन्द सुवालद्धारा संस्थाको प्रगति प्रतिवेदन सहितको अर्धवार्षिक बुलेटिन बिमोचन गरिएको थियो । कोषाध्यक्ष धर्मरत्न शाक्यले संस्थाले लिएको लक्ष्य र प्राप्तिका बारेमा  प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको अनुमानित कारोबारमा शतप्रतिशत लक्ष्य प्राप्ति  भएको र  ७५ प्रतिशत आम्दानीको लक्ष्य हासिल गरेको  उनले बताए । संस्थाका सचिव पुष्पलाल तिमिलाले  विगतमा सम्पन्न भएका कार्यक्रमहरु र आगामी दिनमा गर्न बाँकी कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

ऋण संयोजक नारायण बहादुर बासुकलाले हालसम्मको ऋण लगानी र असुलीको अवस्था बारेमा जानकारी गराएका थिए  । संस्थाका प्रबन्धक रेश्मी श्रेष्ठले समग्र वित्तीय उपलब्धी सहितको   समिक्षात्मक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । अध्यक्ष कासुलाले हाल सहकारीको अवस्था बारे स्पष्ट पार्दै अध्यादेशमा  आएका केही बुँदाहरुमा संशोधन गर्नुपर्ने  आवश्यकता रहेको जनाए ।