आइतबार, कार्तिक ९ गते २०८३

जेष्ट आइडियोलोजी सहकारी संस्था १६ वर्षमा, सदस्यको जीवनस्तर उकास्न काम गर्ने प्रतिवद्धता


माघ २५, २०८१ शुक्रबार
जेष्ट आइडियोलोजी  सहकारी संस्था १६ वर्षमा, सदस्यको जीवनस्तर उकास्न काम गर्ने प्रतिवद्धता

जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ। २०६६ माघ २५ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई संस्थाले २०६७ साल बैशाख ४ गतेदेखि  वित्तीय कारोबार सुरु गरेको थियो । संस्थाका अध्यक्ष हेम बहादुर कार्कीले सदस्यहरुको बचतलाई सुरक्षित रुपमा परिचालन गरी उनीहरुको जीवनस्तर माथी उकास्न लिागि परेको बताए । 

‘सामाजिक विकास र आर्थिक सम्बृद्धिको लागि जेष्ट आइडियोलोजी साकोस’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सदस्यहरुबीच बचत तथा ऋणको कारोबारसँगै सामाजिक काम गर्दै आएको उनको भनाई छ । संस्थाले सदस्यहरुलाई  आवश्यकता अनुसार ऋण उपलब्ध गराई सदस्य कै जीवनस्तर सुधार गर्ने महत्वपुर्ण प्रयास गरिरहेको उनले जनाए । 

१५ औं वार्षिकोत्सवको अवसरमा संस्थाले आभार तथा प्रतिवद्धता जाहेर गर्दै भनेको छ, ‘संस्थाले विगतलाई समिक्षा गर्दै, वर्तमानलाई समृद्ध बनाउँदै, भविष्यलाई सुनिश्चित बनाउने ध्येय अनुरुप वर्तमानमा आफ्नो वित्तीय संरचनालाई दर्बिलो बनाउदै सदस्यहरुको विश्वासलाई  प्रतिबिम्वीत गरेकोमा हर्षित एवं गौरवान्वित छौं । वर्तमान परिवेशमा सहकारी क्षेत्रमा रहेको विविध उतारचढावका बीच संस्थामा सदस्यहरुको अटुट् माया, विश्वासले संस्थाको आधारलाई थप मजबुद बनाउनुमा यहाँहरुको योगदानको कदर गर्दै सम्मान व्यक्त गर्दछौ ।’ 

संस्थाले आगामी दिनमा संस्थाको भविष्यलाई सुनिश्चित गर्न तथा सदस्यको हितलाई मध्येनजर गर्दै समर्पित हुने प्रतिबद्धता व्यक्त समेत गरेको छ। संस्थामा ६ हजार २ सय ५३ जना सदस्य आवद्ध छन् ।