आइतबार, कार्तिक ९ गते २०८३

शुभकामना सहकारी संस्थाले रक्त संकलन कक्ष निर्माणका लागि आर्थिक सहयोग गर्ने


माघ २३, २०८१ बुधबार
शुभकामना सहकारी संस्थाले रक्त संकलन कक्ष निर्माणका लागि  आर्थिक सहयोग  गर्ने

शुभकामना बचत तथा ऋण सहकारी संस्थाले आकस्मिक रक्त संकलन कक्ष निर्माणको लागि आर्थिक सहयोग गर्ने भएको  छ ।  नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले संचालन गर्दै आएको रक्त संचार केन्द्रको लागि निर्माण हुने आकस्मिक रक्त संकलन कक्ष निर्माणमा संस्थाले आर्थिक सहयोग गर्ने भएको हो । 

कुल निर्माण खर्च मध्ये ७५ प्रतिशत शुभकामना  सहकारी संस्था र  बाँकी २५ प्रतिशत नेपाल रेडक्रस सेसाइटीले व्यहोर्ने सहमति भएको छ । उक्त संकलन केन्द्रमा रक्तदान गर्न आउने रक्तदाताहरुको लागि रिफ्रेस्मेन्ट बापत मासिक खर्च व्यहोर्ने सम्झौता पत्रमा  सो  शाखाको तर्फबाट सभापति परशुराम पाण्डे र शुभकामना साकोसको तर्फबाट अध्यक्ष रामप्रसाद कासुलाले हस्ताक्षर  गरेका छन् ।

 सो अवसरमा भक्तपुर जिल्ला शाखाका मन्त्री धर्मराज कार्की, चाँगुनारायण  न.पा. २ का वडा अध्यक्ष एवं रक्त संचार केन्द्र संयोजक सोम प्रधान र शुभकामना साकोसको तर्फबाट प्रमुख सल्लाहकार बालमुकुन्द सुवाल, सचिव पुष्पलाल तिमिला, कोषाध्यक्ष धर्मरत्न शाक्य, संचालक नारायण बहादुर बासुकला र प्रबन्धक रेश्मी श्रेष्ठको उपस्थिति रहेको थियो ।