लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले ‘संञ्चालक क्षमता बिकास तथा रणनीतिक व्यवसायिक योजना निमार्ण कार्यशाला गोष्ठी ’आयोजना गरेको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा ४ दिनसम्म उक्त कार्यशाला गोष्ठी सञ्चालन भएको थियो ।
नेफ्स्कूनको अधिकृत कोमलराज अधिकारी र तालिम अधिकृत रबिन्द्र श्रेष्ठले गोष्ठीमा सहजिकरण गरेका थिए । ४ दिनको तालिम अन्तर्गत ३ दिन रणनीतिक योजना निर्माण र १ दिन संञ्चालक क्षमता बिकास तालिम अन्तर्गत संञ्चालक समिति,लेखा सुपरीवेक्षण समिति तथा व्यवस्थापनको भूमिका ,काम कर्तव्य अधिकार, सिप तथा जिम्मेवारीका विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रको समापनमा बोल्दै संस्थाकी संस्थापक अध्यक्ष तिर्थमाया श्रेष्ठ(प्रधान)ले पाँचौ रणनीतिक योजनाको पूर्ण सफलताको कामना गरिन् । संस्थाकी निवर्तमान अध्यक्ष मैया महतले संस्थामा परिवर्तित दक्ष संञ्चालक समिति तथा जिम्मेवार कर्मचारीहरुको पहल र सम्पुर्ण शेयर सदस्यहरुको साथ सहयोगले नै लक्ष्य हासिल गर्न सकिने धारणा राखिन् । त्यसका लागि व्यवस्थापनलाई संञ्चालक समितिले जुनसुकै बेला साथ दिन तयार रहनु पर्नेमा उनले जोड दिइन् ।
लेखा समिति र कर्मचारीले दतचित्त भै कार्य गरि आगामी ४ वर्षको लागि तयार पारिएको रणनीति पूर्ण गराउन उनको सुझाव छ । संस्थाकी अध्यक्ष हिमाली श्रेष्ठले सम्पूर्ण शेयर सदस्य एवं अग्रजहरुको साथ र संञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र कर्मचारीहरुको अथक प्रयासले मात्र संस्थाले लक्ष्य प्राप्त गर्न सकिने जनाइन् । सदस्य सेवामा रहि समूदायको हित हुने गरि कार्य गरि समुदायको मन जितेर अगाडि बढ्ने उनको भनाई छ । समुदायको उत्कृष्ट सहकारी बनाउने र त्यसको लागि सबैको साथ र सहयोगको उनले अपेक्षा गरिन् ।

नेपालपत्र संवाददाता