मंगलबार, कार्तिक ११ गते २०८३

सुयोग्य सहकारीद्धारा वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम आयोजना


माघ २०, २०८१ आइतबार
सुयोग्य सहकारीद्धारा वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा  कार्यक्रम आयोजना


कोठेश्वरमा रहेको  सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । ‘उत्कृष्ट एवं दिगो सेवाका लागि सुयोग्य’ भन्ने भिजनका साथ अगाडि बढेको  उक्त संस्थाले सदस्यहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको जनाएको छ । 

मोटिभेटर अरुण कुमार श्रेष्ठले जीवनको बाटो सम्वन्धि उत्प्रेरणात्मक प्रशिक्षण दिंदै स्वस्थ्य रहन अपनाउनुपर्ने जीवनशैलीको बारेमा  सदस्यहरुलाई जानकारी  गराएका थिए ।  यसैगरी संस्थाका सल्लाहकार चित्रा कुमारी थाम्सुहाङ सुव्वाले वित्तीय साक्षरता सम्वन्धी सहजीकरणमा  वित्तीय स्वतन्तत्राका लागि पारिवारिक वजेट, वचत र लगानीवारे प्रष्ट पार्दै बैंक वित्तीय संस्थामा जोखिम सिर्जना भएको हालको सन्दर्भमा उपयुक्त वित्तीय सेवा प्रदायक संस्था छनौटमा ध्यान दिन सुझाएकी थिइन् ।

कार्यवाहक अध्यक्ष टेक वहादुर लिम्वुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश  पारेका थिए  । प्रमुख कार्यकारी अधिकृत कार्की र सूचना प्रविधि तथा वित्त सहायक साप्चुहांग तुम्वाहाम्फेले संस्थाको मोवाइल बैंकिग प्रयोगका विषयमा जानकारी गराएका थिए ।उक्त कार्यक्रममा संस्थाका  करिव एक सय जना नयाँ सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालक ऋण अधिकृत उज्वल शाक्यबाट  गरेका थिए । सो अवसरमा  संस्थाको स्वीकृत सदस्य राहत प्रदान सम्वन्धि कार्यविधि वमोजिम मृगौला पिडित सदस्यद्धय पुष्षा चौधरी श्रेष्ठ र हिरामाया श्रेष्ठलाई प्रति सदस्य २५ हजारका दरले सदस्य राहत वितरण समेत रिएको थियो । 

475944053_1744027769802440_8570998297147033497_n.jpg