आइतबार, कार्तिक ९ गते २०८३

ललितपुर बचत संघले सहकारी अध्यादेश र राष्ट्र बैंकको निर्देशनका विषयमा वृहत सुझाव संकलन गर्दै


माघ १७, २०८१ बिहीबार
ललितपुर बचत संघले  सहकारी अध्यादेश र राष्ट्र बैंकको निर्देशनका विषयमा वृहत सुझाव संकलन गर्दै


ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले वृहत सुझाव संकलन गर्ने भएको छ । संघले भोली सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकको निर्देशन र मापदण्डका विषयमा जिल्ला भरीबाट सुझाव संकलन गर्ने भएको हो ।

संघले १८ गते शुक्रबार ललितपुर जिल्ला भरका सहकारीकर्मीहरुको सुझाव लिने जनाएको छ । संघले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ र वचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि राष्ट्र बैंकद्वारा जारी गरिएको निर्देशन र मापदण्डका विषयमा साझा पार्टी प्यालेस, लगनखेलमा बृहत सुझाव संकलन कार्यक्रम राखिएको संघका अध्यक्ष रामहरी बजगाईले जनाए ।

 जिल्लाका सवै सहकारीकर्मीहरुको साझा धारणा सहित सम्बन्धित निकायलाई  सुझाव बुझाउने भएकाले वृहत सुझाव संकलनमा सहभागी हुन उनको आग्रह छ । संघले अध्यादेश २०८१, निर्देशन र मापदण्ड क्यूआर कोडबाट हेर्न सकिने ब्यवस्था गरेको छ ।  पछिल्लो समय सरकारले ल्याएको अध्यादेश र राष्ट्र बैंकको निर्देशन र मापदण्डका कारण सहकारी क्षेत्र तातेको छ । अध्यादेशले गरेका केही व्यवस्थाले सहकारी क्षेत्रलाई संकुचन गर्न खोजेको आरोप अभियानको छ ।  अध्यादेशमा भएका केही  व्यवस्था प्रतिस्थापन विधेयक मार्फत संशोधन गर्न अभियानको माग रहेको छ ।