मंगलबार, कार्तिक ११ गते २०८३

२० हजार सदस्यको सारथी एकीकृत फ्रेन्डसिप सहकारी, १ अर्ब ४१ करोड कुल सम्पत्ति पुग्यो


माघ ९, २०८१ बुधबार
२० हजार सदस्यको सारथी एकीकृत फ्रेन्डसिप सहकारी, १ अर्ब ४१ करोड कुल सम्पत्ति पुग्यो


दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले २० हजार सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले १६ हजार २०९ जना सदस्य र ४ हजार १९५ जना बाल सदस्य गरी २० हजार ४०४ जना सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको हो ।

 संस्थाले यस आर्थिक बर्षको पौष मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले  प्रकाशित गरेको  विवरण अनुसार २ हजार ३०७ जना सदस्यले ऋण लिएर व्यापार व्यवसाय तथा अन्य क्रियाकलाप गर्दै आएका छन् । पौष मसान्तसम्म संस्थाको शेयर पुँजी ११ करोड ५३ लाख ४२ हजार पुगेको छ भने जगेडा कोषमा ६ करोड ८७ लाख ८८ हजार रहेको छ ।

त्यसैगरी संस्थाको अन्य कोषहरुमा २ करोड २२ लाख ९३ हजार, बचत संकलन १ अर्ब १७ करोड ४७ लाख र  ऋण लगानी १ अर्ब ७ करोड १६ लाख पुगेको छ । संस्थामा १४. ३१ प्रतिशत अर्थात १६ करोड ८० लाख ५६ हजार तरलता रकम रहेको छ । त्यस अवधिमा संस्थाको कुल सम्पत्ति १ अर्ब ४१ करोड ६ लाख पुगेको छ । संस्थामा १२० वटा संस्थागत सदस्य रहेका छन् ।