आइतबार, कार्तिक ९ गते २०८३

मिलिजुली कालिञ्चोक सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब ३३ करोड


माघ ७, २०८१ सोमबार
मिलिजुली कालिञ्चोक सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब ३३ करोड


दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागले जारी गरेको निर्देशन अनुसार हरेक महिनाको पहिलो साता संस्थाले अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै आएको छ ।  

संस्थाले प्रकाशित विवरण अनुसार यस आर्थिक बर्षको पौष मसान्तसम्म शेयर पुँजी ७ करोड ३४ लाख ४१ हजार,जगेडा कोष ८ करोड ९८ लाख २२ हजार, कुल संस्थागत पुँजी ८ करोड ९८ लाख २६ हजार र अन्य कोषहरुमा ७ करोड ४१ लाख ४३ हजार रहेको छ । त्यसैगरी संस्थाले १ अर्ब ६ लाख ६१ हजार बचत संकलन गरी ९७  करोड १२ लाख ७६ हजार ऋण लगानी गरेको छ । संस्थामा १५.१२ प्रतिशत अर्थात १६ करोड १२ लाख २१ हजार तरलता रकम  रहेको छ ।

२४ हजार १४४ सदस्य रहेको संस्थामा २ हजार ५ सय जनाले ऋण लिएर व्यापार व्यवसायका साथै अन्य क्रियाकलाप गर्दै आएका छन् । त्यस अवधिमा संस्थाको कुल सम्पत्ति १ अर्ब ३३ करोड १२ लाख  पुगेको छ ।