मंगलबार, कार्तिक ११ गते २०८३

श्री मनकामना सहकारीले प्रकाशित गर्यो वित्तीय विवरण, संस्थागत पुँजी १२ करोड माथी


माघ ७, २०८१ सोमबार
श्री मनकामना सहकारीले  प्रकाशित गर्यो वित्तीय विवरण, संस्थागत पुँजी १२ करोड माथी


श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले पौष मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सहकारी विभागले जारी गरेको निर्देशन अनुसार पौष समान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । संस्थाले प्रकाशित  गरेको विवरण अनुसार शेयर पुँजी १६ करोड १३ लाख ८३ हजार, जगेडा कोष ११ करोड ७५ लाख, कुल संस्थागत पुँजी १२ करोड ९६ लाख ४८ हजार र अन्य कोषहरुमा १ करोड ४८ लाख ५६ हजार रहेको छ ।

संस्थाले प्रकाशित गरेको प्रतिवेदनमा बचत संकलन १ अर्ब ९९ करोड ९० लाख र ऋण लगानी १ अर्ब ८० करोड ११ लाख ८१ हजार रहेको छ । त्यस अवधिमा संस्थाको कुल सम्पत्ति २ अर्ब ३९ करोड ६४ लाख पुगेको छ । संस्थामा २४.३४ प्रतिशत अर्थात ४८ करोड ६५ लाख ४६ हजार तरलता रहेको छ । संस्थामा ९ हजार ७२७ जना सदस्य आवद्ध रहेका छन् भने २ हजार १६७ जना सदस्यले संस्थाबाट ऋण लिएका छन् ।

पछिल्लो  समय संस्थामा तरलता रकम बढेर गएको छ । आर्थिक क्रियाकलापमा आएको मन्दीका कारण सदस्यहरुबाट ऋणको माग नहुँदा संस्थामा तरलता बढेर गएको  प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले बताए ।