शनिबार, आश्विन १७ गते २०८३

साठी अर्ब रुपैया निक्षेप संकलन बोलकबोल आव्हान


माघ ६, २०८१ आइतबार
साठी अर्ब रुपैया निक्षेप संकलन बोलकबोल आव्हान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैया निक्षेप संकलन बोलकबोल आव्हान गरेको छ । वित्तीय बजारमा तरलता प्रवाह अधिक  भएको अवस्थामा निक्षेप संकलन उपकरणको प्रयोग गरी राष्ट्र बैंकले तरलता खिच्दै आएको छ ।  

२१ दिने सो निक्षेप संकलन उपकरणको बोलकबोलका लागि माघ ६ गते दिउँसो २ बजेसम्म अनलाइनमार्फत् आवेदन गर्न सकिने सूचनामा उल्लेख छ । उक्त रकम माघ २७ गते साँवाब्याज सहित भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।