शनिबार, आश्विन १७ गते २०८३

४० अर्ब रुपैयाँ तरलता खिच्दै नेपाल राष्ट्र बैंक


माघ २, २०८१ बुधबार
४० अर्ब रुपैयाँ तरलता खिच्दै नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । वित्त बजारमा भएको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट रकम खिच्न लागेको हो।

यसका निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी माघ २३ गते गरिने राष्ट्र बैंकले जनाएको छ।