मंगलबार, कार्तिक ११ गते २०८३

सहकाली बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न


पौष २९, २०८१ सोमबार
सहकाली बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न


 कागेश्वरी मनोहरा नगरपालिका वडा न. ९ काँडाघारीमा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले अध्यक्षको प्रतिवेदन,कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ ।

सभामा अध्यक्ष राधेश्याम खड्काले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै २०६४ सालमा ६ लाख ३९ हजार शेयर पुँजीबाट सुरु भएको संस्थाको आर्थिक बर्ष २०८०/८१ को असार मसान्तसम्म १० करोड ५१ लाख २८ हजार शेयर पुँजी पुगेको बताए । सहकारीको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा आर्थिक उन्नती गर्नु  संस्थाको उदेश्य रहेको भन्दै उनले त्यसका लागि संस्था क्रियशिल रहेको उल्लेख गरे । विगतका बर्षहरुमा वित्तीय क्षेत्रमा तरलता अभाव रहेकाले त्यसको प्रभाव संस्थामा समेत परेकाले  वित्तीय व्यवस्थापनमा केही असहज भएको उनले सभालाई जानकारी दिए । वित्तीय क्षेत्रले भोगेको तरलता संकुचन र कर्जा असुलीमा भएको असहजताको कारण कर्जा रकम राफसाफ गर्न धेरै कठिन भएको उनको भनाई छ । बचतकर्ताको साथ सहयोग र विश्वासका कारण ऋण लगानीको ठुलो हिस्सा घटाउन र सदस्यहरुको बचत फिर्ता गर्न सफल भएको उनले जनाए ।

संस्थामा ३ हजार ४१४ सदस्य आवद्ध रहेको जानकारी दिदै अध्यक्ष खड्काले ९२ करोड  ५५ लाख ५७ हजार बचत रहेको जानकारी दिए । संस्थाले गत आ.ब.मा १३ करोड १४ लाख ८ हजार बचतमा ब्याज प्रदान गरिएको उनको भनाई छ । त्यसैगरी संस्थाको ऋण लगानी १ अर्ब १६ करोड ८० लाख रहेको छ । त्यस अवधिमा संस्थाको कुल सम्पत्ति १ अर्ब ४८ करोड ४२ लाख रहेको छ । संस्थाको स्थिर सम्पत्ति ८ करोड ५६ लाख पुगेको छ ।  विगतका बर्षहरुमा निरन्तर संस्थाको जगेडा कोषमा वृद्धि हुँदै आएकोमा पछिल्लो समयमा ऋण असुली नहुँदा जगेडा कोषबाट प्रोभिजन गर्नु परेकाले कोषहरु घट्दै  गएको उनले जानकारी दिए । संस्थाले गत आर्थिक बर्षमा ७० लाख ५७ हजार राज्यलाई करमा योगदान गरेको छ ।

472570913_8692043184254464_1826500219068438418_n.jpg

सभामा लेखा सुपरीवेक्षण समितिको संयोजक कुमार प्रसाद चालिसेले समितिको प्रतिवेदन प्रस्तुत गर्दै नियमनकारी निकायबाट दिएका निर्देशनहरु संस्थाले पूर्ण रुपमा पालना गरेको पाइएको बताए । संस्थाले सदस्यता विस्तार, ऋण लगानी र बचत  परिचालन पल्र्स सिद्धान्त अनुसार गरेको पाइएको उनको भनाई छ । हाल संस्थामा तरलता अभावको कारण कारोबारमा ह«ास आएकाले संस्थाप्रति सदस्यको आकर्षण कम  भएको भन्दै  यसलाई वृद्धि गर्न उनको सुझाव छ । त्यसैगरी सदस्यका आश्रित परिवारलाई सदस्य सुरक्षणकोषबाट मानविय क्षतिमा दिइने आर्थिक सहयोगलाई नीति नियम बनाई पारदर्शी बनाउन र ऋण लगानी वित्तीय ऐन, नियन, बचत तथा ऋण परिचालन नीति र कार्यविधि अनुसार समायनुकुल बनाउन समितिको सुझाव छ ।