मंगलबार, कार्तिक ११ गते २०८३

जिल्ला बचत संघ दोलखाको २६ औँ वार्षिक साधारण सभा, १३ प्रतिशत लाभांश पारित


पौष २९, २०८१ सोमबार
जिल्ला बचत   संघ दोलखाको  २६ औँ वार्षिक साधारण सभा, १३ प्रतिशत लाभांश  पारित

जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाको २६ औँ वार्षिक साधारण सभा तथा २९औँ स्थापना दिवस सम्पन्न भएको छ । संघका अध्यक्ष भूमिराज खड्काको अध्यक्षतामा  भएको साधारण सभाको प्रमुख अतिथि  बागमती प्रदेश सभाका सदस्य  भरत बहादुर  केसी रहेका थिए । 

साधारण सभामा महासचिव तेन्जिङ शेर्पाले संघको बार्षिक प्रतिवेदन साथै आगामी प्रस्तावित कार्यक्रम  सभामा प्रस्तुत गरेका थिए । त्यसैगरी  कोषाध्यक्ष पर्शुराम कार्कीले आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मको  वित्तीय प्रतवेदन प्रस्तुत गर्दै  ४० करोड ८१ लाख  पुगेको बताए । संघले  ५४ लाख ६५ हजार  नाफा  आर्जन गरेको  थियो । गत बर्षको नाफाबाट  १३ प्रतिशत  लाभांश  वितरण गर्ने प्रस्ताव पारित गरेको  छ ।  साधारण सभामा  लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक गोपालध्वज श्रेष्ठले प्रस्तुत गरेका थिए ।

 सो  अवसरमा उत्कृष्ट संचारकर्मी पुरस्कार जिरी रेडियोका स्टेसन मेनेजर सिर्जना गोलेलाई प्रदान गरिएको छ । त्यसैगरी उत्कृष्ट सहकारी अभियान्ता पुष्कर कुमार दहाल, उत्कृष्ट बचत तथा ऋणको कारेवार गर्ने संस्था जनश्रमिक साकोस तामाकोसी  र उत्कृष्ट लगानी गर्ने संस्थाको रुपमा मिलिजुली कालिन्चोक साकोस,  उत्कृष्ट सहकारी संस्थामा हाम्रो तामाकोसी साकोस, उत्कृष्ट सेवा उपयोग संस्थाका रुपमा परोपकार महिला साकोस, उत्कृष्ट व्यवस्थापकमा हाम्रो अर्थभूमि साकोसका व्यवस्थापक   मन कुमार श्रेष्ठ र पूर्व संचालक सम्मान देवि प्रसाद शर्मालाई सम्मान गरिएको छ । सभाले भूमिराज खड्काको अध्यक्षतामा ४ बर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । 

 वार्षिक साधारण सभाले  सहकारी सम्बन्धि केहि नेपाल ऐन संशोधन गर्न ल्याएको अध्यादेश २०८१ का  सम्बन्धमा  सहकारी अभियानको तर्फबाट ७ बुँदे संकल्प प्रस्ताव पारित  गरेको छ  । संकल्प प्रस्तावमा दोहोरो सदस्यता, बचतको सिमा, सञ्चालकको कार्यकाल लगायतका विषयमा संशोधन गर्न माग गरिएको छ । त्यसैगरी स्थानीय सरकारले सहकारीमैत्री ऐन नियम निर्माण गरी ऋण असुलीमा समेत सहयोग गर्न माग गरिएको छ । 

Messenger_creation_9D0BC9CE-280E-4A94-B50B-735BA7C44F03.webp