मंगलबार, कार्तिक ११ गते २०८३

बलम्बु च्याउ सहकारीको १६ औं साधारण सभा,अध्यक्षमा पुनः अमरदिप सिंह

पौष २९, २०८१ सोमबार
बलम्बु च्याउ सहकारीको १६ औं साधारण सभा,अध्यक्षमा पुनः अमरदिप सिंह

बलम्बु च्याउ सहकारी संस्थाको १६ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष  अमरदिप सिंह महर्जनको सभापतित्व  एंव बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभाले अमरदिप सिंह महर्जनको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

४ बर्षे कार्यकालको लागि उपाध्यक्षमा  सुमन श्रेष्ठ,सचिवमा सुजिन्द्र महर्जन र कोषाध्यक्षमा प्रदिप महर्जन रहेका छन् । त्यसैगरी सञ्चालक  सदस्यमा धर्मेन्द्र महर्जन, राम महर्जन र  दान बहादुर महर्जन रहेका छन् । सभाले  लेखा सुपरीवेक्षण समिति संयोजकमा  पुष्कर महर्जन र सदस्यहरुमा  जित बहादुर महर्जन र मिलन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

473427625_1341204847055846_7526476601404594613_n.jpg

बलम्बुको क्वाथः मैदानमा भएको साधारण सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता  रहेको थियो ।  साधारण सभामा  स्थानीय बाजा खलःहरुलाई सम्मान गरिएको थियो ।  त्यसैगरी सभामा संस्थाका दुई असल बचतकर्ता, दुई असल ऋणी सदस्य, एक असल शेयर सदस्य र एक युवा उद्यमीलाई पनि सम्मान गरिएको थियो । क्यान्सर पिडित सदस्य अञ्जली श्रेष्ठलाई उपचारमा सहयोग पुन्याउने उदेश्यले ५० हजार आर्थिक  सहयोग  गरिएको थियो ।

473426456_1341205000389164_2599070146824261192_n.jpg