मंगलबार, कार्तिक ११ गते २०८३

लक्ष्मी महिला साकोसद्वारा सदस्य विस्तार एवं सहकारी शिक्षा कार्यक्रम आयोजना


पौष २८, २०८१ आइतबार
लक्ष्मी महिला साकोसद्वारा सदस्य विस्तार एवं सहकारी शिक्षा कार्यक्रम आयोजना

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको  वार्षिक कार्ययोजना अनुसार  बुडोल समूहमा सदस्य विस्तार एवं सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा संस्थाको सचिव सकुन्तला श्रेष्ठले प्रशिक्षण  दिएकी थिइन्  भने कार्यक्रमको व्यवस्थापन संस्थाका कर्मचारी प्रतीक्षा सन्जु बस्नेतले गरेकी थिइन् । 

कार्यक्रममा संस्थाको प्रारम्भ इतिहासदेखि अहिलेसम्मको वित्तीय अवस्थाको विश्लेषण साथै आजको दिनमा संस्थाले दिएको वित्तीय सेवा बाहेक  थप सुविधा एवं संस्थाले गर्ने सामुदायिक उत्तरदायित्व सम्बन्धी विषयमा  सदस्यहरुलाई जानकारी दिइएको थियो । सहकारी शिक्षाको क्रममा हाल बजारमा देखिएको ब्याजदरको अस्वस्थ प्रतिस्पर्धाले  जोखिम निम्त्याइरहेकाले भड्किलो  ब्याजरमा मात्र आकर्षित नभईकन समुदायमा आधारित भएर चलेका   जुनसुकै  संस्थामा आबद्ध  भएर वित्तीय कारोबार  गर्न उनको आग्रह छ ।

उक्त शिक्षा शिविरमा १५ जना सदस्यहरूको उपस्थिति रहेको थियो ।