काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको चौबिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २४ अर्ब ३४ करोड पुगेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।
आ.व. २०८०/८१ मा रु. ३३३ अर्ब निक्षेप संकलन गरी कर्जा लगानी रु. २५८ अर्ब पुर्याएको छ । बैंकको वासलातको आकार रु. ३९५ अर्ब रहेको छ । सो आ.व.मा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
नेपालपत्र संवाददाता