मंगलबार, कार्तिक ११ गते २०८३

स्थापनाको १५ औं बर्षमा आइएमई कोअपरेटिभ सर्भिस, कूल सम्पत्ति ९ अर्व ५५ करोड पुर्‍याउन सफल


पौष २३, २०८१ मंगलबार
स्थापनाको १५ औं बर्षमा आइएमई कोअपरेटिभ सर्भिस, कूल सम्पत्ति ९ अर्व ५५ करोड पुर्‍याउन सफल

काठमाडौं महानगरपालिका वडा नं १ कान्तिपथमा मुख्य कार्यालय  रहेको  आइएमई कोअपरेटिभ सर्भिस लिमिटेड  स्थापनाको १५ वर्षमा प्रवेश गरेको छ । २०६७ सालमा स्थापना भएको सो अवसरमा संस्थाले १४ वर्षको निरन्तर  यात्रालाई सफल बनाउन साथ दिने सरोकारवाला, कर्मचारी, शुभेच्छुक संघसंस्थाहरुमा कृतज्ञता प्रकट गर्दै सेवालाई निरन्तर रुपमा परिस्कृत र गुणस्तरिय बनाउने प्रतिवद्धता ब्यक्त गरेको छ । 

संस्थाले  मुलुकको आर्थिक विकासमा योगदान पुर्याउनुका साथै समाजका सबै वर्ग र क्षेत्रलाई वित्तीय सेवा र सशक्तीकरणमा  उल्लेख्य योगदान  गरेको छ । राष्ट्रियस्तरको पायोनियर सहकारीका रुपमा परिचय बनाउन सफल संस्था अनुभवी वित्तीय संस्था संचालक, व्यापारी र उद्योगीहरू द्वारा स्थापना गरिएको हो । स्थापनाकालदेखि नै संस्थाले सदस्यको साना तथा मझौला उद्यम जस्ता क्षेत्रलाई लक्षित गरी सहकारीको उद्देश्य प्राप्तिका लागि निरन्तर लागि रहेको संस्थाका अध्यक्ष योगेश्वर शर्मा ढकालले बताए । संस्थाले मुख्य कार्यालय सहित १५ वटा सेवाकेन्द्रमार्फत सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ भने संस्थामा ११० जना कर्मचारीहरू कार्यरत छन् ।

संस्थाले विषेशत सहकारीको डिजिटल सेवालाई प्राथमिकता दिएको छ । संस्थामा हाल ८ अर्व ४१ करोड ९८ लाख ५१ हजार रुपैंयाँ बचत तथा ६ अर्ब १६ करोड ५३ लाख ३४ हजार रुपैंयाँ ऋण लगानी रहेको छ । त्यसैगरी संस्थाकोे जगेडा कोषमा ३५ करोड ५१ लाख ९९ हजार रहेको जनाइएको छ । संस्थागत पूँजी ९२ करोड ५० लाख ६१ हजार रुपैंयाँ तथा संस्थामा शेयर पूँजी ४७ करोड ८४ लाख ३८ हजार ५०० रुपैंयाँ रहेको छ । त्यसैगरी संस्थाको कूल सम्पत्ति ९ अर्व ५५ करोड ३० लाख रहेको जनाइएको छ । संस्थामा १० हजार ७०२ जना शेयर सदस्य रहेका छन् ।

संस्था २०६७ साल पौष २३ गते २५ जना शेयर सदस्यबाट ३६ लाख ४० हजार सेयर पुँजी तथा ७ जना कर्मचारीबाट संस्था सुरु भएको थियो । संस्थाले सस्थालाई उत्कृष्ट, सवल र सक्षम बनाउदै सहकारीका मूल्य मान्यता र शिद्धान्तमा रहि संचालन भएको र आगामी दिनमा अझ सदस्यहरुलाई बृहतरुपमा प्रविधि युक्त सेवा प्रवाह गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । आफ्नै भवनबाट सेवा प्रवाह गरिहेको संस्थाले सेवालाई पारदर्शी र प्रभावकारी तथा गुणस्तरिय बनाउने उद्देश्यले स्तरिय सफ्टवेयरबाट सेवा दिइरहेको  छ। संस्थाले वित्तिय कारोबारका साथै ई बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएमका साथै आइएमई पे वालेट सेवाहरु प्रदान गर्दै आएको छ ।

संस्थाको कर्जा प्रवाह लगायत समपूर्ण कारोबारलाई चुस्त, दुरुस्त, पारदर्शी र मितव्ययी बनाउन संचालक समिति तथा कर्मचारी हरदम सकृय रहेको छ । संस्थाले धितो कर्जालाई प्राथमिकता दिएर लगानी गरेको र प्राविधिकबाट धितो मूल्याङ्कन् पश्चात मात्र कर्जा   लगानी गर्ने गरेको छ । संस्थाले बैदेशिक रोजगारमा रहेका आफ्ना परिवारका सदस्यहरुले आफन्तलाई सहर बजार वा ग्रामिण क्षेत्रमा सहजरुपमा रकम पठाउँन सकुन भन्ने उद्देश्यले आइएमई, जिएमईको सुपर एजेण्ट लिई सेवा प्रदान गरिरहेको छ । हाल करिब ४ हजार सहकारीलाई सव एजेण्ट दिई संस्थासँग आवद्ध गरेको छ ।