मंगलबार, कार्तिक ११ गते २०८३

जनमुखी सहकारीद्वारा खुल्ला रक्तदान आयोजना


पौष २२, २०८१ सोमबार
जनमुखी सहकारीद्वारा खुल्ला रक्तदान आयोजना


दोलखाको बैतेश्वर ५ मैनापोखरीमा मुख्य कार्यालय  रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा आयोजना  गरिएको  रक्तदान  कार्यक्रममा ३१ जनाले रक्तदान गरेका  थिए ।

संस्थाका अध्यक्ष माधवप्रसाद दहालको सभापतित्व, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का लेखा सुपरीवेक्षण समिति संयोजक  गोपालध्वज श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका रक्तसञ्चार सेवा समिति संयोजक गोकर्णप्रसाद पोख्रेल लगायतको आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको  हो  ।

472386738_1004635725041289_1265255409515085704_n.jpg

रक्तदाताहरुलाई संस्थाका अध्यक्ष दहालले प्रमाणपत्र प्रिदान गरेका थिए । संस्थाले सामाजिक उत्तरदायित्व  अन्तरर्गत रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। अहिले पनि  रगतको अभावमा कतिपय अवस्थामा विरामीको अकालमा ज्यान जाने गरेको छ । सहकारी संस्थाहरुले रक्तदान कार्यक्रम गरी विरामीका लागि आवश्यक पर्ने रगत उपलब्ध गराउदै आएका छन् ।  उक्त कार्यक्रममा संस्थाका संचालक, कर्मचारी, शेयर सदस्य सहित करिब १०० जनाको उपस्थिति रहेको थियो  ।