आइतबार, कार्तिक ९ गते २०८३

बंगलामुखी सहकारी संस्थाद्वारा सदस्य शिक्षा तथा विस्तारित मञ्चको आयोजना


पौष १९, २०८१ शुक्रबार
बंगलामुखी सहकारी संस्थाद्वारा सदस्य शिक्षा तथा विस्तारित मञ्चको आयोजना

बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा तथा विस्तारित मञ्चको आयोजना गरेको छ । संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको सभापतित्व एंव भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको प्रमुख आथित्यतामा विस्तारित मञ्चको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अथिति लाखाजुले समुदायमा आधारित सहकारी संस्थाले सदस्यहरुसँग छलफल गरेर कार्यक्रम बनाउने तर गतल नियत राखेर स्थापना भएका सहकारीले बचतमा बढी ब्याज दिएर सदस्यहरुलाई ठगिगर्ने गरेको  बताए ।

लोभी बचतकर्ता, क्षमता विहीन नियामक निकाय र स्वार्थी अभियानका कारण सहकारी संस्थामा समस्या आएको उनको भनाई छ । सरकारले अध्यादेश मार्फत बचतको सीमा तोेक्नु गलत भएको भन्दै उनले यसलाई लागू नगर्न अभियानको तर्फबाट एउटै आवाज लिएर आगाडि बढेको समेत बताए । गलत गर्नेहरुलाई समयमा नै नियमन अनुगमन मार्फत कारवाही गर्न सकेको भए सहकारीमा राखेको सदस्यको यति ठुलो बचत नडुब्ने समेत उनले बताए । अभियानभित्र पनि शुद्धिकरण आवश्यक रहेको भन्दै अध्यक्ष लाखाजुले आफ्नो मात्र फाइदा खोज्दा धेरै अभियान्ता अप्ठ्यारोमा परेको जनाए । नियामक निकाय, अभियानकर्मी र सदस्य तीनै पक्षमा सुधारको आवश्यकता रहेको उनले औंल्याए । 

471641736_10227573052576077_3581666167627202880_n.jpg

संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले सदस्यहरुलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरेको र बार्षिक बजेटमा नै व्यवस्था गरिएको  बताए । यस आर्थिक बर्ष २०८१÷ ८२ को पाँचौ कार्यक्रम भएको भन्दै उनले ब्याजको लोभमा परेर कतिपय सदस्यले आफुले नचिनेको संस्थामा बचत गर्दा ठुलो रकम डुबेको बताए । स्थानीय सञ्चालकहरु रहेको संस्थामा कारोबार गर्दा बचत सुरक्षित हुने भएकाले त्यस्ता संस्थामा मात्र कारोबार गर्न उनको आग्रह छ । सरकारले अध्यादेश मार्फत बचतको समिा तोकेको भन्दै यसले सहकारी संस्था सञ्चालमा समस्या हुने समेत उनले जनाए । कार्यक्रममा मोटिभेटर स्पीकर डा.ताराप्रसाद गिरीले सदस्यहरुलाई प्रशिक्षण दिएका थिए । 

471967135_10227573051256044_8203213314940423033_n.jpg