आइतबार, कार्तिक ९ गते २०८३

बिन्धवासिनी सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालकमा मनोनित


पौष १९, २०८१ शुक्रबार
बिन्धवासिनी सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालकमा मनोनित


 बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्त कुमार श्रेष्ठ   स्थिरीकरण कोषको सञ्चालक समितिको सदस्यमा मनोनित भएका छन् ।   कोषको पौष ११ गते बसेको २३औं बैठकबाट श्रेष्ठलाई सञ्चालकमा  मनोनित  गरेको हो । 

सहकारी ऐन, २०७४ को दफा १०३ र सहकारी नियमावली, २०७५ नियम ७४ उपनियम २ को ९झ ०स्थिरीकरण कोषको सञ्चालन समितिमा सहभागी सहकारी संस्थाका अध्यक्षहरुमध्ये कोष सञ्चालन समितिले मनोनयन गरेका सदस्य रहने व्यवस्था छ ।

स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ दफा ८ अनुसार योग्यता पुगेका सहकारीहरुमध्ये बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काभ्रेका अध्यक्षलाई मनोनित गरेको हो । श्रेष्ठले कोषको दिगोपना  तथा नियम बमोजिम  सञ्चालनमा  सहयोग पुन्याउने अपेक्षा कोषको रहेको छ ।