राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धकमा सुरेश थापा चयन भएका छन् । महासंघमा हाल नायव महाप्रवन्धक रहेका उनी खुल्ला प्रतिस्पर्धाबाट महाप्रबन्धमा चयन भएका हुन् । छनोट उपसमितिले हिजो महाप्रबन्धकका लागि आवेदन दिएकाहरुको प्रस्तुतीकरण र अन्तरवार्ताबाट मूल्यांकन गरिएको थियो ।
उपसमितिले महाप्रवन्धकमा नियुक्तीका लागि सिफारीस गरेपछि गत मंगलबार बेलुका बसेका संचालक समितिको बैठकले थापालाई नियुक्ती दिएको हो । माघ १ देखि थापाले कार्यकाल सुरु गर्नेछन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।कार्यक्रम अधिकृतका रुपमा महासंघ प्रवेश गरेका थापा तीन वर्षअघि नायव महाप्रवन्धकमा बढुवा भएका थिए ।
महासंघले मंसिर ८ गते एक महिनाको समय सीमा तोक्दै महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो । तर, तोकिएको समय सीमासम्म पर्याप्त उम्मेदवारी नपरेपछि महासंघले पुस ८ गते पुनः दरखास्त आह्वान गर्दै पुस १२ गतेसम्मका समय दिएको थियो । तोकेको समयमा थापा सहित १४ जनाको आवेदन परेको थियो । त्यसमध्ये ८ जना उम्मेदवारहरु मात्र प्रतिस्पर्धामा सहभागि भएका थिए । महाप्रवन्धक छनोट गर्न महासंघको वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलको संयोजकत्वमा छनोट उपसमिति गठन गरेको थियो । जसमा सदस्यहरु खेमबहादुर पाठक र टेकप्रसाद चौलागाईं थिए ।
नेपालपत्र संवाददाता