मंगलबार, कार्तिक ११ गते २०८३

भक्तपुर जिल्ला बचत संघद्वारा बस्तु तथा सेवा व्यवस्थापन तालिम आयोजना


पौष १८, २०८१ बिहीबार
भक्तपुर जिल्ला बचत संघद्वारा बस्तु तथा सेवा व्यवस्थापन तालिम आयोजना

जिल्ला बचत तथा ऋण सहकारी संघको बस्तु तथा सेवा व्यवस्थापन तालिम सम्पन्न भएको छ । पुष १६ गते संघको अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा सिटी गाउँ होटल भक्तपुरमा सम्पन्न तालिमको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक साझेदारी रहेको थियो ।

तालिममा जिल्ला बचत संघका उपाध्यक्ष हरिकृष्ण बल्लले सहकारीमा सदस्य केन्द्रीत वित्तीय सेवा निर्माण गर्नुपर्ने बताए । केही सहकारीमा देखापरेको समस्या समाधानका लागि जारी अध्यादेशले सम्पुर्ण सहकारीलाई समस्या पारेको बताए ।

नेपालको संविधान विपरित मौलिक हक हनन हुनेगरी वित्तीय सहकारीलाई कार्यक्षेत्रका आधारमा व्यक्तिगत बचत तथा ऋणको सिमा तोक्नु गलत भएको उनको भनाइ थियो । संघका कोषाध्यक्ष कान्छाभक्त घजुले संस्थामा सदस्य केन्द्रीत तथा प्रभावकारी वित्तीय सेवा निर्माणमा टेवा पुर्याउन तालिमको आयोजना गरेको बताए । उनले जारी अध्यादेशका अव्यवहारिक व्यवस्थाले सहकारीमा थप अन्यौलको बातावरण सिर्जना गरेको बताए ।

नेफ्स्कूनका तालिम केन्द्रका प्राचार्य बल्लभ तिमल्सिनाले तालिममा सिकेका कुराहरु कम्तीमा प्रतिवेदन बनाई संस्थाको संचालक समितिमा पेश गर्न आग्रह गरे । उनले बैंक भन्दा राम्रो बनाउन गर्भदेखी स्वर्गसम्मका प्रभावकारी वित्तीय सेवाहरु निर्माण गर्नुपर्ने बताए ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी तालिम तथा शिक्षामा एकरुपता र प्रभावकारी बनाउन नेफ्स्कून बचत संघ साझेदारी मार्फत तालिम कार्यक्रम गरेको जानकारी दिए । उनले कम सहकारी संख्यामा समस्या देखिएता पनि अपचलन भएको रकमको आधारमा ठूलो समस्या देखिएकोले सरकारले बाध्य भएर सहकारी ऐन संशोधनका लागि अध्यादेश जारी गरेको हुनसक्ने बताए । तामिलमा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्च कर्मचारीहरुलगायत २० जनाको सहभागिता रहेको थियो ।