आइतबार, कार्तिक ९ गते २०८३

एकीकृत फ्रेण्डसिप सहकारीद्वारा विस्तारित मञ्च तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना


पौष १७, २०८१ बुधबार
एकीकृत फ्रेण्डसिप सहकारीद्वारा विस्तारित मञ्च तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना

दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं. ५ लिङकन बजारमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले विस्तारित मञ्च कार्यक्रम आायोजना गरेको छ ।  संस्थाको वार्षिक कार्ययोजना अनुसार यलुङ सेवाकेन्द्रमा  गत  पौष १५ गते विस्तारित मञ्च तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो  ।

संस्थाले सदस्यहरुलाई वित्तीय शिक्षा तथा संस्थाको सेवाहरुको बारेमा जानकारी गराउन, उनीहरुबाट आएको गुनासो न्युनिकरण गर्न र केही सहकारी संस्थाहरुको नकरात्मक समाचार आईरहेको बेला संस्था कुन अवस्थामा छ भन्ने कुरा बुझाउनुको लागि विस्तारित मञ्च कार्यक्रम आयोजना गरेको हो ।  त्यसका साथै सदस्यहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानीको लागि अभिप्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा संस्थाका १०० जना भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले बचतको महत्व, वित्तीय लक्ष्य निर्धारण, खर्च व्यवस्थापन, पारिवारिक बजेट लगायत संस्थाले प्रदान गर्दै आएको विभिन्न प्रविधिहरुको बारेमा समेत प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा संस्थाका यलुङ सेवाकेन्द्र संचालन उपसमिति सदस्य संस्थाका विभिन्न विभागमा कार्यरत विभागीय प्रमुखहरु र विभिन्न सेवाकेन्द्रका सेवाकेन्द्र प्रमुखहरुको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको अन्तमा विविध विषयमा सदस्यहरूसँग अन्तर्क्रिया गरिएको थियो।