सहकारी संस्था समस्याग्रस्त घोषणा गर्न कम्तीमा २५ प्रतिशत सदस्यको उजुरी आवश्यक पर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो जारी गरेको सहकारी सम्बन्धी अध्यादेशमा उक्त यवस्था रहेको छ ।
यसअघि २५ जना सदस्यले बचत फिर्ता नभएको भनी रजिस्ट्रारकोमा उजुरी दिए छानबिन गरी समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्न सक्ने व्यवस्था थियो । अब २५ प्रतिशत सेयर सदस्यको उजुरी आवश्यक पर्ने भएको छ । प्राधिकरणले नै समस्याग्रस्त सहकारी घोषणाका लागि सिफारिस गर्ने समेत उल्लेख छ ।
नेपालपत्र संवाददाता