शुक्रबार, कार्तिक ७ गते २०८३

सगुन सहकारी संस्थाको लिडरशिप बुट क्याम्प सुरु

पौष १५, २०८१ सोमबार
सगुन सहकारी संस्थाको  लिडरशिप बुट क्याम्प सुरु

सगुन बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक सहयोगमा द लिडरशिप बुटक्याम्प सुरु भएको छ । आजबाट पोखरामा शुरुमा भएको बुट क्याम संस्थाका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षता तथा नेफ्स्कूनकी सञ्चालक  कमला देवी गिरीको प्रमुख आतिथ्यतामा भएको हो ।

संस्थाका ३३ जना संचालक,लेखासमिति, सल्लाहकार,विभिन्न उपसमिति र कर्मचारीहरुको उपस्थिति रहेको छ । उद्घाटन सत्रमा कोषाध्यक्ष  पदमा मोक्तानले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सल्लाहकार  बिदुर कुमार प्याकुरेल, लेखा संयोजक  जय शंकर सिंह  र उपाध्यक्ष राजकुमार उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि गिरीले बुट क्याम्पले नेतृत्व विकासमा निखार ल्याउने बताइन् ।  

सरकारले ल्याएको सहकारी विधेयकमा धेरै राम्रो पक्ष रहेको र बचतमा लगाएको  क्यापको विषयमा अभियानले निरन्तर पदल गर्ने  बताइन् । संस्थाका  सचिव बिनोद कार्कीले कार्यक्रम संचालन गरेका थिए ।  तालिमको सहजीकरण प्रशिक्षकहरु सुमनराज घिमिरे र उमेश कोईरालाले  गरेका छन्  । क्याम १५ देखि १७ गते सम्म संचालन हुनेछ ।

45611f73-3f34-4894-b852-8f550f1edc04.jfif

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता