हिमालयन बैंक लिमिटेडले काठमाण्डौको नयाँ बानेश्वर शाखालाई कोटेश्वरमा स्थानान्तरण गरेको छ ।
सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वरबाट गते देखिसम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको हाे । आइतबार एक कार्यक्रमका बीच हिमालयन बैंक कोटेश्वर शाखाको शुभारम्भ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले गरे ।
हाल हिमालयन बैंकका नेपालभर १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८२ एटिएम, ८ हजार भन्दा बढी पीओएस टर्मिनल रहेका छन् भने १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई बंैकिङ्क सहित अन्य विविध वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
नेपालपत्र संवाददाता