शनिबार, आश्विन १७ गते २०८३

राष्ट्र बैंकले २१ दिने निक्षेप उपकरणमार्फत् ७० अर्ब रूपैया तरलता खिँच्दै


पौष १४, २०८१ आइतबार
राष्ट्र बैंकले २१ दिने निक्षेप उपकरणमार्फत् ७० अर्ब रूपैया तरलता खिँच्दै

नेपाल राष्ट्र बैंकले आइतबार २१ दिने निक्षेप उपकरणमार्फत् ७० अर्ब रूपैया तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेकोले निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम उठाउन लागेको हो ।

निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी माघ ६ गते गर्ने बैंकले एक सूचना जारी गर्दै जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म अनलाइन बिडिङमार्फत् बोलकबोलमा सहभागी हुन सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखी बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोकोरुपमा प्रयोग गर्न सो उपकरण प्रयोग गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।