काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी सम्मानित भएका छन् । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २७ औं बार्षिक साधारण सभाको अवसरमा रायमाझी सम्मानित भएका हुन् । संघले उनलाई आर्थिक बर्ष २०८०।०८१ को जिल्लाकै उत्कृष्ट व्यवस्थापन प्रमुखको रुपमा सम्मान तथा पुरस्कृत गरेको हो ।
संघका अध्यक्ष उदयराम कायस्थ र सभाका प्रमुख अथिति एवं सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले रायमाझीलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । सिइओ रायमाझीले संस्थामा कुशल व्यवस्थापको माध्यमबाट सदस्यहरुको आर्थिक सामाजिक रुपमान्तरणको लागि उल्लेखनिय भूमिका खेलको भन्दै सम्मान गरेको संघले जनाएको छ । आगामी दिनमा पनि सहकारी अभियानमा सक्रिय योगदान गर्ने विश्वास संघले लिएको छ । उनले नेतृत्व गरेको सहकारी संस्थाले महिला सदस्यहरुको उन्नयको लागि उल्लेखनिय भूमिका खेल्दै आएको छ ।
नेपालपत्र संवाददाता