शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एपमा रजिष्टर गर्दा स्मार्टफोन जित्न सकिने


पौष १२, २०८१ शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एपमा रजिष्टर गर्दा स्मार्टफोन जित्न सकिने

 

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङमा नयाँ रजिस्टर गर्ने दुई जना भाग्यशाली विजेताहरूले नयाँ स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ । बैंकको वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकका लागि नयाँ अभियानको घोषणा गरेको हो । जसअन्तर्गत ग्राहकले आकर्षक पुरस्कारहरू जित्न सक्नेछन् । अभियानमार्फत बैंकले आफ्ना ग्राहकलाई आकर्षक पुरस्कार र बोनस प्रदान गरेर आफ्नो विशेष दिनलाई उनीहरूसँग मनाउने उद्देश्य लिएको छ ।

साथै, आरबीबी डिजिटल संसार, राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर ५०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरूमध्ये १०० भाग्यशाली विजेताहरूलाई १०० को टपअप बोनस प्रदान गरिनेछ । यो अभियान पौष १० देखि माघ १० सम्म सीमित रहनेछ । अभियानका विस्तृत नियम र शर्तहरूका लागि राष्ट्रिय वाणिज्य बैंकको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल प्लेटफर्महरूमा जानकारी उपलब्ध गराइने पनि जनाइएको छ ।