शुक्रबार, कार्तिक ७ गते २०८३

कवि सन्तोष पोखरेलका काव्य कृतिको विमोचन एवं समीक्षा


पौष ९, २०८१ मंगलबार
कवि सन्तोष पोखरेलका काव्य कृतिको विमोचन एवं समीक्षा

बहुभाषिक कवि सन्तोष कुमार पोखरेलका तीन वटा काव्य कृतिको लोकार्पण भएको छ । काठमाडौंको पुतलीसडकस्थित ग्रीनलीफ फूडमा सम्पन्न कृति लोकार्पण तथा अन्तर्क्रियाका अवसरमा कवि पोखरेलका हालै  प्रकाशित 'शून्यको यात्रा र अन्य कविता' को लोकार्पण गरिएको हो । त्यसै अवसरमा कविका कृति ‘द वार एण्ड अदर पोयम्स’ तथा ‘पहाड और सागर तथा अन्य कविताएँ' समेत तीनै कृतिमाथि समीक्षा गरिएको थियो।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव धनप्रसाद सुवेदी, प्रा. संजीता बर्मा, राधेश्याम लेकाली, प्रा. भागवत ढकाल, सरीता अर्याल र लेखक सन्तोष कुमार पोखरेलले संयुक्तरुपमा पुस्तक लोकार्पण गरेका थिए।

नेपाली काव्य कृतिको समीक्षा अम्बिका अर्यालले गरेकी थिइन् भने हिन्दी र अङ्ग्रेजी काव्य कृतिका समीक्षक क्रमश: डिल्लीराम शर्मा संग्रौला र केशव सिग्देल थिए । गीता रेग्मीको कुशल संचालनमा संपूर्ण कार्यक्रम रोचक र सफल रह्यो। तीनवटा भाषामा लेखिएका एउटै लेखकका विभिन्न तीन कृतिहरूमाथि एकैदिन एकैपटक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संभवत: यो पहिलो पटक हो।

कवि पोखरेल विश्वकवि, विश्वका स्वर्णकवि, अन्तर्राष्ट्रिय उत्कृष्ट कवि र रसियाको सुनको प्वाँख जस्ता अन्तर्राष्ट्रिय पदवीहरूबाट अलंकृत नेपालका पहिलो साहित्यकार हुन् । गत सेप्टेम्बर महिनामा कविको रसियाको भ्रमणका दौरान भएका साहित्यिक सम्मेलनहरूमा पोखरेललाई म्याक्सिम गोर्की मेडल र रसियाको सुनको प्वाँख मेडलबाट विभूषित गरिएको थियो।

पोखरेलका रचनाहरू मन छुने र विचारोत्तेजक हुन्छन्। उनका कृतिहरु चालिस भाषामा अनुवाद भइसकेका छन्। काठमाडौंका प्रमुख पुस्तकपसलमा पोखरेलका कृतिहरू किन्न पाइन्छन् ।

WhatsApp Image 2024-12-24 at 11.44.29 AM (1).jpegWhatsApp Image 2024-12-24 at 11.44.28 AM.jpeg