नेपाल राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता बढ्न थालेपछि २१ दिने निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम उठाउन लागेको हो ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी पौष २८ गते गर्ने बैंकले सूचनामा जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म अनलाइन बिडिङमार्फत् बोलकबोलमा सहभागी हुन सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखी बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
नेपालपत्र संवाददाता