आइतबार, कार्तिक ९ गते २०८३

तीन वटा बचत तथा ऋण सहकारी संस्थाले पाए प्रोवेसन ब्राण्ड


पौष ५, २०८१ शुक्रबार
तीन वटा बचत तथा ऋण सहकारी संस्थाले  पाए प्रोवेसन ब्राण्ड

यो वर्ष तीन वटा बचत तथा ऋण सहकारी संस्थाले साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी  प्रोवेसन ब्राण्ड प्राप्त गरेका छन् । प्रोवेसन ब्राण्डलाई  सहकारी विभागले मान्यता दिएको छ ।  सल्यानको ग्रामीण साकोस, ललितपुरको ठेचो महिला जागरण र चितवनको लोककल्याणकारी साकोसले पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम ९प्रोवेशन० ब्राण्ड प्राप्त गरेका छन् । आर्थिक वर्ष २०८०र८१ को प्रोवेशन अन्तिम परिक्षणमा सहभागी ३ साकोसहरु नेफ्स्कूनले प्रदान गर्ने नेपाल सरकारको मान्यता प्राप्त साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी प्रोवेशन ब्राण्ड पाउन सफल भएका हुन् ।  

नेफ्स्कूनको बुटवलमा आज सुरु भएको ३३औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा तीनवटै साकोसलाई प्रावेसन ब्राण्डको प्रतीक ९प्ल्याक०  प्रदान गरिएको हो ।  तीनवटै साकोसले विगतमा प्रोवेसन ब्राण्ड प्राप्त गरिसकेका छन् । ग्रामीण साकोसले यसअघि ७ पटक तथा ठेचो महिला साकोस र लोककल्याणकारी साकोसले २र२ पटक राष्ट्रियस्तरको ब्राण्ड पाइसकेका छन् । 

पछिल्लो विवरणअनुसार, २४ सय बढी सदस्य रहेको सल्यानको ग्रामीण साकोसमा हाल ३० करोड बढीको कुल सम्पत्ति छ भने संस्थागत पुँजी करिब ११ प्रतिशत छ । त्यसैगरी, ठेचो महिला जागरणमा ३ हजार बढी सदस्य छन्, १६ करोड बढीको कुल सम्पत्ति छ भने संस्थागत पुँजी सात प्रतिशत बढी छ  । साढे ७ प्रतिशत बढी संस्थागत पुँजी रहेको लोककल्याणकारी साकोसमा १८५० सदस्य छन् भने ३७ करोड बढी कुल सम्पत्ति छ । नेफ्स्कूनले २०६९ सालबाट प्रोवेशन कार्यक्रम सुरु गरेको हो । नेफ्स्कूनले उद्योग विभागबाट प्रोवेशन ट्रेडमार्कको दर्ता प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ ।