शनिबार, आश्विन १७ गते २०८३

कुमारी बैंकका एटीएम तथा पीओएस टर्मिनलमा युनियन पे कार्ड चल्ने


मंसिर २६, २०८१ बुधबार
कुमारी बैंकका एटीएम तथा पीओएस टर्मिनलमा युनियन पे कार्ड चल्ने

कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस टर्मिनलहरूमा युनियनपे इन्टरनेसनल (युपीआई)का कार्डहरु स्वीकार गर्ने भएको छ ।

डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउन कुमारी बैंकले देशभर आफ्ना सबै एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध गराउन लागेको हो ।

यो सुविधाबाट अब युपीआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएम मार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने र यसले व्यापारीहरुलाई पनि लाभ हुने बैंकले विश्वास लिएको छ ।

डिजिटल नेपालको अभियानमा थप योगदान पुर्‍याउन बैंकले आफ्नो सेवाको दायरा फराकिलो बनाउँदै प्रतिबद्धता व्यक्त गरेको छ ।