आइतबार, कार्तिक ९ गते २०८३

सक्रिय महिला सहकारी संस्थाको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न


मंसिर २३, २०८१ आइतबार
सक्रिय महिला सहकारी संस्थाको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

सक्रिय महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको आयोजना र  इन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोगमा एक दिवसिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

“हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा विरूद्धको ऐक्यबद्धता” भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा   वाल विवाह न्युनिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।  इन्द्रसरोवर गाँऊपालिका कार्यालयकी उपाध्यक्ष उमा कुमारी लामाको प्रमुख आथित्यता र कार्यपालिका सदस्य  सबित्री सुनार र शोभा कामीको आथित्यतामा अभिमुखीकरण कार्याक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून )उपाध्यक्ष  तथा जिल्ला बचत तथा ऋण सहकारी संघकी  अध्यक्ष  कल्पना श्रेष्ठ र संस्थाकी  अध्यक्ष  श्रमिक लामाले सहजीकरण गरेका थिए । संस्थाले महिला सदस्यहरुलाई लक्षित गरेर विभिन्न संघ संस्थासँगको सहकार्यमा यस्ता कार्यक्रम गर्दै आएको छ । त्यस क्षेत्रका महिलाहरुलाई संगठित गरी संस्थाले आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत उल्लेख योगदान गरेको छ । महिला हिंसा अन्त्य र महिला सशक्तिकरणमा समेत संस्थाले त्यस क्षेत्रमा अनुकरणिय कार्य गर्दै आएको जनाएको छ । 

469577273_1110388663768382_29375157815884806_n.jpg