आइतबार, कार्तिक ९ गते २०८३

पाँच तारा सहकारीले गरायो जेष्ठ सदस्यलाई धार्मिक भ्रमण


मंसिर २१, २०८१ शुक्रबार
पाँच तारा सहकारीले गरायो जेष्ठ सदस्यलाई धार्मिक भ्रमण


पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुलाई आन्तरिक धार्मिक तिर्थस्थलहरुको भ्रमण गराएको छ । जेष्ठ सदस्यहरुलाई  विभिन्न धार्मिक तिर्थस्थलहरुको दर्शन गराउनुका साथै  मनोरन्जन समेत प्रदान गर्ने उदेश्यले भ्रमण कार्यक्रम आयोजना गरेको संस्थाले जनाएको छ । संस्थाले  सदस्यहरुलाई देवघाट र मौलाकाली मन्दिरको दर्शन गराउनुका साथै चितवनको सौराहामा सफारी गमेत गराएको थियो ।

 धार्मिक अवलोकन भ्रमणबाट जेष्ठ सदस्यहरुमा नयाँ उत्साह मिलेको व्यवस्थापक राधा कडरियाले बताइन् । संस्थाले सबै उमेर समुह जेष्ठ सदस्य, महिला, युवा र बालबालिकालाई   लक्षित गरी विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको उनले जानकारी दिइन् । संस्थाले समुदाय र सदस्य केन्द्रीत रहेर वित्तीय कारोबारका साथै सामाजिक उत्तरदायित्व अन्तरगत थुप्रै क्रियाकालप गर्दै आएको छ ।

संस्थाले सो अवसरमा जेष्ठ सदस्यहरुलाई नेपालको पहिलो सहकारी संस्था श्री बखान बहुउद्देश्यीय सहकारीको समेत अवलोकन भ्रमण गराएको थियो । संस्थाले जेष्ठ सदस्यहरुलाई बार्षिक रुपमा भत्ता समेत प्रदान गर्दै आएको छ भने बार्षिकउत्सवको अवसरमा पौषिलो खाना दिनुका साथै  सम्मान  समेत गर्ने गरेको छ । संस्थाले ‘अग्रजको सम्मान पाँच ताराको पहिचान ’ भन्ने नारालाई स्थापित गर्ने लक्ष्य लिएको छ । संस्थाले सदस्यहरुलाई गर्भदेखि मृत्यसम्मका सेवा प्रदान गर्दै आएको छ ।

279a18ee-2a6c-45b9-a073-ccc1bf578edd.jpg