काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैया निक्षेप संकलन बोलकबोल आव्हान गरेको छ । वित्तीय बजारमा तरलता प्रवाह अधिक हुन भएको अवस्थामा निक्षेप उपकरणको प्रयोग गरी राष्ट्र बैंकले तरलता खिच्दै आएको छ ।
२० दिनमा भुक्तानी गरिने सो निक्षेप संकलन उपकरणको बोलकबोलका लागि मंसिर १९ गते दिउँसो २ बजेसम्म अनलाइनमार्फत् आवेदन गर्न सकिने सूचनामा उल्लेख छ । उक्त रकम पुष ९ गते साँवाब्याज सहित भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।
घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले बोलकबोल गर्न सक्ने सूचनामा जनाइएको छ ।
निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने सूचनामा जनाइएको छ ।
नेपालपत्र संवाददाता