आइतबार, कार्तिक ९ गते २०८३

शुभप्रभात सहकारीको साधारण सभा सम्पन्न, तिमल्सिनाको  अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन


मंसिर १७, २०८१ सोमबार
शुभप्रभात सहकारीको साधारण सभा सम्पन्न, तिमल्सिनाको  अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन


शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । सभाले    दिल्लीप्रसाद तिमल्सिनाको  अध्यक्षतामा सर्वसम्मत  नयाँ सञ्चालक समिति चयन गरेको हो ।

आगामी ४ बर्षे कार्यकालको लागि चयन गरेको सञ्चालक समितिको उपाध्यक्षमा यादव दाहाल, सचिवमा रमेशप्रसाद तिमल्सिना, सह–सचिवमा बिष्णु प्रसाद पौडेल, कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ  रहेका  छन् ।  त्यसैगरी समितिको सदस्यहरुमा सुनकुमार राउत, रामबहादुर श्रेष्ठ, बिभर श्रेष्ठ, रामकृष्ण भण्डारी, स्वस्थानी थापा, रोशनी श्रेष्ठ, नारायण बहादुर राय, रामबहादुर थापा छनौट भएका छन् ।   लेखा  सुपरीवेक्षेण समितिको संयोजकमा नमराज थापा संयोजक र सदस्यहरुमा राजकुमार शाक्य र नानु श्रेष्ठ चयन भएका छन् ।

 गत आर्थिक बर्षको असार मसान्तसमम संस्थाको ४ करोड २४ लाख ९८ हजार   शेयर पुजीँ, ३ करोड ८५ लाख ७० हजार जगेडा कोष, १ करोड २६ लाख अन्य कोष, ५५ करोड ९९ लाख ८९ हजार बचत संक्लन र  ३३ करोड १३ लाख २७ हजार  ऋण लगानी गरेको छ । संस्थाले त्यस अवधिमा खुदनाफा, ६८ करोड ७३ हजार  गर्न सफल भएको छ । संस्थाले संरक्षित पुँजी फिर्ता कोषको रकमबाट  सदस्यहरुले गर्ने बचत तथा ऋणको कारोबारको आधारमा हरेक बर्ष फिर्ता गर्दै आएको छ ।  संस्थामा ६ हजर ३५७ जना सदस्य र ४९० जना बाल बचतकर्ता रहेका छन् ।सहकारीले सदस्य र बाल बचतकर्तालाई एक लाख बराबरको निशुल्क दुर्घटना बीमा, मृगौला फेल, ब्रेन टयुमर, प्यारालाइसिस, क्यान्सर, मुटु रोग जस्ता प्राणघातक रोगको उपचारको लागि १० हजार उपचार सहयोग गर्दै आएको, सदस्य तथा सदस्यको एकाघरको परिवारका सदस्यको स्वास्थ्य उपचारका लागि ३ महिना अवधिको लागि शून्य ब्याजदरमा ५० हजारसम्म ऋण सापटी प्रदान गर्दै आएको छ ।

घरजग्गा धितो ऋण, हायर पर्चेच ऋण, ब्यवसाय ऋण, ब्यक्तिगत धन जमानी ऋण, सामूहिक जमानी ऋण, प्रोप्रेसनल ऋण, कृषि तथा पशुपालन ऋण, स्पेसल घर कर्जा, घरजग्गा खरिद ऋण, आपतकालीन ऋण, स्वास्थ्य उपचार ऋण, शैक्षिक ऋण, महिला उद्यमी ऋण, बैदेशिक रोजगार ऋण, शुभ ब्यवसायी ऋण, कर्मचारी सहुलियत ऋण र आवधिक बचत धितो ऋणमा संस्थाले सदस्यहरुलाई ऋण लगानी गर्ने गरेको छ ।