शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैँक अग्रणी बैँक बन्नुपर्छः अर्थमन्त्री पौडेल


मंसिर १६, २०८१ आइतबार
राष्ट्रिय वाणिज्य बैँक अग्रणी बैँक बन्नुपर्छः अर्थमन्त्री पौडेल


माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैँकलाई एक नम्बर बैँक बनाउनेगरी काम गर्नुपर्ने बताएका छन् । 

सो बैंकको लुम्बिनी प्रादेशिक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले बदलिँदो समयसंगै आवश्यक रुपान्तरण गरी अग्रणी बैँक बनाउनुपर्नेमा जोड दिएका हुन् । 

मन्त्री पौडेलले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैँकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैँक व्यवस्थापनलाई अनुरोध गरे ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँक सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार ढुङगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आफुहरु प्रतिवद्ध रहेको जनाए । उनले कृषि, उर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नविकरणीय उर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताए । सहज, छिटो छरितो र सेवाग्राही केन्द्रीत सेवा प्रवाहमा आफुहरु सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैँकका हरेक गतिविधिलाई सूचना प्रविधिसंग जोड्दै लैजाने उल्लेख गरे ।

यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैँकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए । उनले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसंग बाणिज्य बैँकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको जनाए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्यालले व्यजदरमा अहिले भईरहेको एकल अंकको ब्याजदरलाई स्थिर बनाउन आवश्यक रहेको बतए ।

बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टरका साथै विविध डिजिटल बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।