काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १ खर्ब रुपैया निक्षेप संकलन बोलकबोल आव्हान गरेको छ । वित्तीय बजारमा तरलता प्रवाह अधिक हुन भएको अवस्थामा निक्षेप उपकरणको प्रयोग गरी राष्ट्र बैंकले तरलता खिच्दै आएको छ ।
२१ दिनमा भुक्तानी गरिने सो निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गरिएको रकम पुष ३ गते साँवाब्याज सहित भुक्तानी हुनेछ ।
घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले बोलकबोल गर्न सक्ने सूचनमा जनाइएको छ ।
राष्ट्र बैंकले निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गर्ने गर्दछ ।
नेपालपत्र संवाददाता