सानिमा बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक बर्ष २०८०/८१ मा रु. २ अर्ब ४० करोड खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २ अर्ब ३३ अर्ब ८६ करोड, कुल निक्षेप रु. १ खर्ब ९९ अर्ब ३८ करोड र खुद कर्जा सापटी रु १ खर्ब ६४ अर्ब ९४ करोड रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा बैंकल निक्षेपमा ११.४८ प्रतिशत, कर्जा सापटीमा १०.०६ प्रतिशत र र कुल सम्पत्तिमा ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।
असार मसान्तसम्म बैंकको निष्क्रिय कर्जा १.७२ प्रतिशत, पुँजीकोष १३.२१ प्रतिशत, तरलता २९.२१ प्रतिशत र कर्जानिक्षेप अनुपात ८०.५३ प्रतिशत रहेको सभामा जानकारी दिइयो ।
नेपालपत्र संवाददाता