शनिबार, आश्विन १७ गते २०८३

नबिल बैंकको १० प्रतिशत लाभांश प्रस्ताव


मंसिर ३, २०८१ सोमबार
नबिल बैंकको १० प्रतिशत लाभांश प्रस्ताव

 

बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले बैंकको सभाले गत आर्थिक वर्ष २०८०र८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशतका दरले २ अर्ब ७० करोड ५६ लाख ९९ हजार रुपैयाँ नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव साधारणभामा लैजाने भएको छ । बैठकले मंसिर २७ गते ४०औँ वार्षिक साधारण सभा डाक्ने निर्णय गरेको हो । 

त्यसैगरी बैंकले उपयुक्त संस्थालाइ मर्जर वा प्राप्ति गर्ने साथै विदेशी साझेदार भित्र्याउने योजना बनाएको छ।  साधारण सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कनका लागि मूल्यांकनकर्ता नियुक्त गर्नदेखि आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साथै, सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०८०।८१ को प्रतिवेदन, बैंकका सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र नबिल स्टक डिलरको वित्तीय विवरण, आर्थिक वर्ष २०८१।८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

यस्तै, सभाले साधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जनाको निर्वाचन, संस्थापक शेयरधनी आईएफआईसी बैंक पीएलसी बंगलादेशको प्रतिनिधित्व गर्ने सञ्चालक सइद मन्सुर मुस्तफाको नियुक्तलाई अनुमोदन गर्नेछ ।