शुक्रबार, कार्तिक ७ गते २०८३

नेचुरल सहकारी संस्थाको नयाँ सञ्चालक समिति , अध्यक्षमा पुनः अमात्य चयन

मंसिर ३, २०८१ सोमबार
नेचुरल सहकारी संस्थाको नयाँ सञ्चालक समिति , अध्यक्षमा पुनः अमात्य चयन


नेचुरल बचत तथा ऋण सहकारी संस्थाको  १६  औं साधरण सभाबाट अध्यक्षमा पुनः शर्मिला अमात्य  निर्वाचित भएकी छिन् । 
संस्थाको १६औं वार्षिक साधारण सभाले आगामी ४ वर्षको लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो ।

नव निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा विकल्प पाठक, कोषाध्यक्षमा भिम बहादुर गुरुङ निर्वाचित भएका छन् । त्यस्तै सञ्चालकहरुमा पार्वती मानन्धर, गंगाकुमारी अधिकारी र सजनी आर्याय निर्वाचित भएकी छिन् । त्यसैगरी पुर्ण बहादुर तामाङको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन भएको छ । समितिका सदस्यहरुमा श्रीधर पाठक र मिना मोक्तान चयन भएकी छिन् । 

नवनिर्वाचित दुबै समितिलाई निर्वाचन समितिका संयोजक सिताराम राउतले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता