मंगलबार, कार्तिक ११ गते २०८३

ललितपुर बचत संघद्वारा आयाम साकोसलाई उत्कृष्ट कारोबारी संस्थाको सम्मान


कार्तिक २७, २०८१ मंगलबार
ललितपुर बचत संघद्वारा आयाम साकोसलाई उत्कृष्ट कारोबारी संस्थाको सम्मान

ललितपुरको आयाम बचत तथा ऋण सहकारी संस्था  सम्मानित भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ३० औं बार्षिक साधारण सभाको अवसरमा ‘ उत्कृष्ट कारोबारी’   संस्थाको रुपमा सम्मानित गरेको हो ।

संघका अध्यक्ष रामहरी बजगाई र कार्यक्रमका प्रमुख अथिति  भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्षको उत्कृष्ट कारोबार गर्न सफल  भएको भन्दै उक्त  संस्थालाई  सम्मानित  गरेका हुन्। संस्थाका अध्यक्ष  गणेश नेपाल  र सञ्चालक समितिले सम्मान  पत्र ग्रहण गरेका थिए ।

संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तमा रहेर सदस्य र समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा भूमिका खेल्दै आएको छ । मुलुकमा आएको आर्थिक मन्दी र सहकारी क्षेत्रमा आएको वित्तीय संकटका बीचमा पनि संस्थाले सदस्यहरुको विश्वास जितेको कारण उक्त सम्मान प्राप्त गर्न सफल भएको हो ।