मंगलबार, कार्तिक ११ गते २०८३

ललितपुर बचत संघको ३०औं साधारण सभामा ठेचो महिला जागरण सहकारी सम्मानित


कार्तिक २७, २०८१ मंगलबार
ललितपुर बचत संघको ३०औं साधारण सभामा ठेचो महिला जागरण सहकारी सम्मानित

 ठेचो महिला जागरण बचत तथा सहकारी संस्था सम्मानित भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ३० बार्षिक  साधारण सभाको अवसरमा संस्था ‘उत्कृष्ट सहकारी पुरस्कार २०८१ ’बाट सम्मानित भएको हो ।

सहकारी मूल्य, मान्यता र सिद्धान्तमा रहेर सदस्य तथा समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा संस्थाले खेलेको भूमिकाको कदर गर्दै उक्त संस्थालाई संघले सम्मान गरेको जनाएको छ । संघका अध्यक्ष रामहरी बजगाई र कार्यक्रमका प्रमुख अथिति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले संस्थाका सञ्चालक समिति र व्यवस्थापन प्रमुखलाई सम्मान पत्र प्रदान गरेको थिए ।   संस्थाले  महिला सदस्यहरुको आर्थिक सवलिकरण, नेतृत्व विकास, तथा  सशक्तिकरणमा निरन्तर रुपमा सकृय  भूमिका  खेल्दै आएको छ ।  

 गोदावरी नगरपालिका भित्र रहेका सहकारी संस्था मध्येबाट  उत्कृष्ट  संस्थाको रुपमा सम्मान गरेकोमा संस्थाले आभार प्रकट गरेको छ ।  यो विषम परिस्थितिमा पनि सधै  विश्वास गरी  नियमित कारोबार गर्ने सदस्य,संचालक समिति , लेखा समिति, उप समितिहरु तथा व्यवस्थापन लगायत सम्पुर्ण कर्मचारीहरुलाई संस्थाले  धन्यबाद तथा बधाई  ज्ञापन गरेको छ ।