मंगलबार, कार्तिक ११ गते २०८३

नेपालपत्र न्युजका सम्पादक खड्कालाई दुई संघको सम्मान


कार्तिक २६, २०८१ सोमबार
नेपालपत्र न्युजका  सम्पादक खड्कालाई दुई संघको सम्मान


नेपालपत्र न्युज डटकमका  सम्पादक माधव खड्कालाई दुई संघले पुरस्कृत गरेका छन् । खड्कालाई बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सम्मान तथा पुरस्कृत गरेका हुन । बागमती प्रोस्कूनको चौंथो साधारण सभा र ललिपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ३० औं साधारण सभाको अवसरमा उनलाई सम्मान गरिएको हो ।

दुवै कार्यक्रमका प्रमुख अथिति भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नगद र सम्मान पत्रले खड्कालाई सम्मान गरेका थिए । बागमती प्रोस्कूनले नगद ८ हजार ५ सय सहित सम्मान पत्रले र  ललितपुर बचत संघले नगद ५ हजार ५५५ रुपैँया नगद र सम्मान पत्रले खड्कालाई सम्मान गरेका हुन् । सम्पादक खड्काले विगत एक दशकदेखि सहकारी क्षेत्रको किास र प्रवर्ध्दनका साथै सुधारका लागि आफ्नो क्षेत्रबाट निरन्तर कलम चलाई राखेका छन् ।

पत्रकारिताका माध्यमबाट उनले सहकारी क्षेत्रका  सकरात्मक सूचना प्रभाव गरी आमजनमानसमा  यस क्षेत्रको महत्वको बारेमा जानकारी दिनुका साथै  सहकारीका विकृति विसंगतिहरुका बारेमा समेत निरतन्तर खवदारी गर्दै आएका छन् ।

462541578_916713987270502_8807210755526900190_n.jpg