मंगलबार, कार्तिक ११ गते २०८३

बागमती प्रोस्कूनमा सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन


कार्तिक २३, २०८१ शुक्रबार
बागमती प्रोस्कूनमा सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन


बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को अध्यक्षमा उद्धव सापकोटा निर्वाचित भएका छन् । संघको आज सम्पन्न  चौथो वार्षिक साधारण सभाले सापकोटाको अध्यक्षतामा  नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो ।  

संघको वरिष्ठ उपाध्यक्षमा जिवसराज खड्का, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिवमा गोविन्द्रप्रसाद काफ्ले, सचिवमा ठाकुरप्रसाद बास्कोटा र कोषाध्यक्षमा प्रदिप थापा चयन भएका छन्। त्यसैगरी  सञ्चालकहरुमा लेमन श्रेष्ठ, कृष्ण गोविन्द लाखाजु, विकास बादे, हरिशचन्द्र सुवेदी, नवराज शर्मा, निर्मला धिताल, जगन्नाथ दाहाल, कृष्णहरि कोईराला, हेमबहादुर कार्की, भवानी देवी अधिकारी र शान्त लक्ष्मी खड्की चयन भएका छन् ।

संघको  लेखा  सुपरीवेक्षण समिति संयोजकमा देवप्रसाद त्रिपाठी र  सदस्यहरुमा कमला खनाल बोगटी र सरस्वती कतिला चयन भएकी छिन् । साधारण सभाले आगामी चार वर्षको लागि  सञ्चालक समिति र लेखा समिति  चयन गरेको हो ।