मंगलबार, कार्तिक ११ गते २०८३

किसान बहुउद्देश्यीय सहकारी स्थापनाको ३० औं बर्षमा, ८० हजार सदस्यलाई सेवा प्रदान


कार्तिक २०, २०८१ मंगलबार
किसान बहुउद्देश्यीय सहकारी स्थापनाको ३० औं बर्षमा, ८० हजार सदस्यलाई   सेवा प्रदान


 कैलाली जिल्लाको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको २९ औं बर्ष पुरा गरेको छ । संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ ।  संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहको अध्यक्ष्यता तथा इन्द्र कुमार शाहको प्रमुख  आतिथ्यतामा   स्थापना दिवस मनाएको हो ।

संस्थाका अध्यक्ष शाहले साविक बलिया गाविस कार्यक्षेत्र रहने गरी २०५२ साल कातिक १७ गते २५ जना शेयर सदस्यहरुबाट संस्था सुरु गरिएको बताए । सुरुमा ६० हजार ३ सय शेयर पुँजीबाट सुरु गरेको संस्थाले २९ बर्ष पुरा गरी गरी ३० औं बर्षमा प्रवेश गरेको उनले जानकारी दिए । संस्था अहिलेको अवधिसम्म आइपुग्दा कार्यक्षेत्रसँगै कारोबार समेत विस्तार गर्न संस्था सफल भएको उनको भनाई छ । संस्थाको कार्यक्षेत्रमा बसोबास गर्ने ८० हजार माथी सदस्यलाई वित्तीय सेवा प्रदान गर्नुका साथै ५ अर्ब ८० करोडको कारोबार गर्न सफल भएको शाहले जनाए । संस्थाले सदस्यहरुलाई वित्तीय सेवासँगै देनिक उपभोग्य वस्तुका साथै रासयनिक मल बिक्री वितरण गर्दै आएको छ ।

संस्थाले हाल कारोबारलाई फराकिलो बनाएर सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले ३ सयलाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ भने संस्थासँगको वित्तीय कारोबार मार्फत स्वरोजगार हुनेको संख्याको हजारौ रहेको उनले जनाए । संस्थाको मुख्य ध्यये सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउनु रहेको र सदस्यहरुको सम्पन्नता र संस्थागत वृद्धि नै प्रगतिको सुंचक रहेको संस्थाले जनाएको छ । संस्थाको सदस्य बनेर वित्तीय कारोबार गर्ने र संस्थासँग जोडिएर गैर वित्तीय सेवा लिने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष शाहले विगतकै  जस्तै सहयोग र सहहार्य गर्न उनको आग्रह छ ।

465185645_1100923108709579_382726166539076621_n.jpg

त्यसैगरी संस्थाका महाप्रबन्धक  डम्बर बहादुर शाहले सुदुरपश्चिमका ६ जिल्लामा ४० र लुम्बिनी प्रदेशमा १ गरी ४१ शाखा मार्फत सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको बताए । संस्थाले वित्तीय सेवा प्रभावलाई प्रभावकारी बनाई सदस्यमैत्री सेवा प्रवाहमा जोड दिन विद्युतिय कारोबारलाई प्रोत्साहित गर्दै लगेको उनले बताए । संस्थाले विभिन्न सेवा प्रदायक कम्पनीहरुसँग सहकार्य गरेर मोबाइल तथा ट्याबलेट बैकिङ्,फोन पे, क्युआर  भुक्तानी,एटिएम सेवा, मिस कल बैकिङ लगायतका सुविधाहरु सदस्यलाई प्रदान गर्दै आएको उनले जनाए । त्सैगरी कृषि तथा गैरकृषि उत्पादनहरुलाई बजारीकरणका लागि सघाउन संस्थाले विभिन्न ठाउँमा मार्ट सञ्चालन गरेको र ती मार्टहरुबाट सदस्यहरुको उत्पादनलाई बजारीकरण गर्दै आएको छ । नीति, विधि र सिद्धान्तमा कटिवद्ध रही सदस्यहरुको सेवामा समर्पित भएकै कारण संस्थाले अन्तराष्ट्रिय स्तरबाट स्मार्ट सर्टिफाईड संस्थाको ब्राण्ड समेत प्राप्त गरेको छ । समृद्धिका लागि समुदाय सँगसँगै नारा बोकेर सदस्यहरुलाई केन्द्रमा राखी सदस्य सेवामा समर्पित उक्त संस्थाले निरन्रत साथ , सहयोग र प्रेरण प्रदान गरिरहन सदस्यहरुलाई अपिल गरेको छ । 

465242219_1100923018709588_9141457765412891695_n.jpg